गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुंवर
पाेखरा | पुस २५, २०८०
पोखरा: गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा कुंवरसहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक समेत् हुन् ।
यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन भए ।
यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी रहेका छन् ।
भेलालाई सम्वोधन गर्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको पौडी खेलको विकास र खेलाडी उत्पादनमा नवगठित कार्यसमिति सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेशका सबै जिल्लाहरुलाई जोडेर पूर्वाद्धार निर्माणका विषयमा समेत सरोकारवालाहरु संग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्दै त्यसका लागि परिषद सहयोग गर्न तयार रहेको बताए ।
नवनिर्वाचित अध्यक्ष कुंवरले सबैको साथ, सहयोग र सहकार्यमा नै संघले आफ्ना योजनाहरु तय गर्ने जनाउँदै प्रदेशको पौडी खेल विकासमा आफ्नो योगदान रहि रहने बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

